☰ open Loading... 22 October 2024|  

भगवतीमाई सामुदायिक बिउ बैङ्क स्थापना
पश्चिम नेपाल   | ३ कार्तिक २०८१, शनिबार १९:१६

 

दैलेख- भगतीमाई गाँपालिका वडा न -४ मा सामुदायिक बिउ बिकास बैंकको शनिबार उद्धाटन गरिएको छ । भगवतीमाई गाँउपालिका कृषि शाखाको आर्थिक सहयोग हातेमालो सामुदायिक बिकास संस्था नारायण नगरपालिका -१को आयोजना मन्घर बचत तथा ऋण सहकारी संस्थाको समन्वयमा पालिका भित्र सम्पुर्ण किसिमका रैथाने तथा स्थानिय जातका बीउ संकलन गरि बेर्ना बितरण गर्ने उदेश्यले सामुदायिक बीउ बैंकको स्थापना गरिएको हो । 

पालिकाले परम्परागत र लोपन्मूख बीउबीजनको संरक्षण गर्ने हेतुले सामुदायिक बिउ बैंकको स्थापना गरिएको भगवती गाँउपालिकाका अध्यक्ष गणेश बहादुर थापाले बताए । उनले पछिल्लो समयमा धेरैजसो हाम्रै पुर्खाले लगाउने गरेको धान अहिले हराउँदै जान थालेका छन्, त्यस्ता प्रजाति लोप नहोस् भनेर सामुदायिक बिउ बैङ्क स्थापना समेत जानकारी दिए ।

रैथाने बाली क्रमशः लोप हुँदै जान थालेको अवस्थामा सामुदायिक बीउ बैंकले यसको संरक्षण गर्न महत्वपुर्ण भूमिका रहने जिल्ला सहकारी संघ दैलेखका अध्यक्ष भुपेन्द्र खड्काले बताए । बीउ बैंकको स्थापना बाट रैथाने बालिका बीउका लागि कृषकले भोग्नु प्रने समस्या समाधान हुने समेत बताए ।

रैथाने जातको प्रवद्र्धनका लागि पालिकाबाट समेत आवश्यक सहयोग प्रदान गर्दै आइएको भगतीमाई गाँउपालिका उपाध्यक्ष मीना खड्का थापाले बताइन् । उनले पालिकाबाट समेत रैथाने बालीको संरक्षणमा सहयोग प्राप्त हुने गरेको बताइन् ।