☰ open Loading... 22 October 2024|  

स्थानिय स्तरका सरोकारवाला संग संवाद
पश्चिम नेपाल   | ५ कार्तिक २०८१, सोमबार १७:५७

दैलेख-नारायण नगरपालिका – ६मा स्थानिय स्तरका सरोकारवाला संग संवाद कार्यक्रम गरिएको छ । नारायण नगरपालिकाको समन्वय महिला सशत्तिकरण मञ्च नेपालको आयोजना संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिबृद्धि परियोजनाको सहयोगमा महिला र सीमान्तकृत समुहको न्यायको नितीगत सवालमा उक्त कार्यक्रम गरिएको हो ।

यस्ता खाले कार्यक्रमले नागरिकालाई कानुनको बिषयमा जानकारी पाउन सहज हुने नारायण नगरपालिका- ६का वडाध्यक्ष जनक न्यौपानेले बताए । उनले दलित महिला, किशोरीहरु, स्थानीय तहका दलित जनप्रतिनिधिहरु, हिंसा प्रभावित महिलाहरुका लागि सशक्तिकरणलगायतमा कानुनी सहयोग पुग्ने जानकारी दिए ।

समाजमा समाजिक न्याएका कुरा समाजमा पछाडि पारिएका महिलाहरुलाई सशक्तिकरण गर्ने सवालमा सहयोग गर्न सबैलाई वडाध्यक्ष न्यौपानेले आग्रह गरे । समाजमा अझैपनि जातीय विभेद, अपमान कायमै रहेकोले आर्थिक तथा सामाजिक  माध्यमबाट सहयोग गर्ने सवालमा सवैको कर्तव्य र जिम्मेवारी रहेको उनले बताए ।


समाजमा समाजिक न्याएका कुरा समाजमा पछाडि पारिएका महिलाहरुलाई  सहयोग गर्न सबैलाई वडाध्यक्ष न्यौपानेले आग्रह गरे । समाजमा अझैपनि जातीय विभेद, अपमान कायमै रहेकोले आर्थिक तथा सामाजिक सशक्तिकरणका माध्यमबाट अगाडि ल्याउनु सवैको कर्तव्य र जिम्मेवारी रहेको उनले बताए ।


कार्यक्रममा वडाका सबै सरोकारवालाहरुको उपस्थिति रहेको रहको थियो।