☰ open Loading... 22 October 2024|  

लैङ्गिक समावेशीकरणसम्बन्धी छलफल
पश्चिम नेपाल   | ६ कार्तिक २०८१, मंगलवार १७:४३

 

 

दैलेख –नारायण नगरपालिका दैलेखले लैङ्गिक तथा सामाजिक समावेशीकरण मुलप्रवाहिकरण रणनीतिक योजना सम्बन्धी छलफल गरेको छ । नारायण नगरपालिका दैलेखले आयोजना गरेको  कार्यक्रममा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी छलफल गरिएको हो ।

कार्यक्रममा कर्णाली प्रदेशको ल्याएको ‘बैंक खाता छोरीको सुरक्षा जीवनभरीको’ कार्यक्रमलाई ऐन ल्याई निरन्तरता दिनको लागी कर्णाली प्रदेश सरकार संग नगरपालिकाले अनोरोध गरेको नारायण नगरगालिकाका सामाजिक विकास अधिकृत खमबहादुर थापाले बताए । उनले कर्मचारी जनप्रतिनिधिलाई सहभागी गराएर स्थानीय तहमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी नीति बनाउने, बजेट विनियोजन गर्ने र लागू गर्ने वातावरण निर्माणका लागि लगायका बिषयमा छलफल गरिएको समेत बताए ।

हामीले नीति अनुसार कार्ययोजना बनाउनुपर्ने युनिसेफ नेपालका राजेश मगरले बताए ।उनले सामाजिक समावेशीकरण संवेदनशील नेतृत्व र सुशासनबारे लगायत हामीले समुदायमा पुगेर काम गर्नुपर्ने बताए ।  आगमी दिनमा नगरपालिका संग समन्वय गरेर अगाडि बढ्ने उनले जानकारी दिए ।

 

यस्तै नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले सबैले महिलाको सवालमा आवाज उठाउनुपर्ने बताए ।उनले ऐन नियमका कुरा लगायत महिलाको क्षमताको अभिबृद्धि गर्न सबै संघ संस्थाले सहयोग गर्नुपर्ने बताए ।लैङ्गकि समानता हरेक क्षेत्रमा हुनुपर्ने नितिगत रुपमा महिलालाई क्षमताको अभिबृद्धि गर्न अनिवार्य सहभागीता गराउन  सबैलाई सहयोग गर्न नगरप्रमुख शर्माले आग्रह गरे । उनले भने सबै क्षेत्रमा महिलालाई समान रुपमा आगाडी ल्याउनुपर्ने जानकारी दिए।नारायण नगरपालिकाले बिगत देखी थुप्पै काम गरेकाले सबैले सीपमूलक तालीममा सहयोग गरी महिलाको हितमा काम गर्नुपर्ने बताए ।