पश्चिम नेपाल | ७ कार्तिक २०८१, बुधबार ०९:५३
सुर्खेत ट्राफिक प्रहरीले वीरेन्द्रनगरमा चर्को आवाज निकाल्ने मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । मंगलबार त्यस्ता ११ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।
पछिल्लो समय समाजमा हो–हल्ला गर्दै मोटरसाइकल पड्काउँदै हिँड्ने तथा ध्वनि प्रदूषण गर्ने कार्य बढिरहेको छ । यो विषयमा अत्यधिक जनगुनासो आएपछि चेकजाँचलाई कडा पारिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
त्यस्तो गर्नेहरूका लागि छुट्टै चेकिङ टिम नै बनाएर परिचालन गरिएको जनाइएको छ ।