☰ open Loading... 22 December 2024|  

राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्थाको१५औं साधारण सभा सम्पन्न
यामराज बिष्ट   | १० कार्तिक २०८१, शनिबार १८:५२

 

दैलेख – राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी सहकारी संस्थाको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लाल बहादुर खड्काको अध्यक्षतामा दैलेख सदरमुकाममा साधारणसभा सम्पन्न भएको हो ।
संस्थाले १५औ साधारण सभामा वार्षिक प्रगति प्रतिवेदन  २०८०र०८१को आय ब्यय विवरण नीति तथा कार्यक्रम प्रस्तुत गरेको संस्थाका अध्यक्ष लाल बहादुर खड्काले बताए ।संस्थाले आर्थिक वर्ष ०८०र८१मा आयतर्फ४करोड१० लाख ७ सय१६रूपैयाँ ९३ब्यय तर्फ४करोड१०लाख७ सय१६रुपौया९३पैसा कायम हुन गएको उल्लेख गरेको छ । उनले संस्थाको बचततर्फ३लाख २१हजार१सय५रहेको बताए ।  सहकारी संस्थालाई दिगो बनाउन सदस्यहरु एकतावद्ध हुनुपर्ने अध्यक्ष खड्काले बताए ।

कार्यक्रममा नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले सहकारी संस्था भएका कमिकमजोरी सुधार गर्नुपर्ने बताए । उनले सहकारी संस्थाले सबै संग समन्वय गर्नुपर्ने बताए । सहकारीले समाजको उत्थान र विकासमा पु¥याएको योगदानको प्रशंसा गर्दै नारायण नगरपालिकाले सहकारी संस्थाई अगाडी बढाउन सक्ने सहयोग गर्ने समेत उनले बताए ।

कर्णाली प्रदेशका,भुमि ब्यबस्था तथा कृषि तथा सहकारी मन्त्री  बिनोद कुमार शाहले संस्थालाई अगाडि बढाउन सबैले सहयोग गर्नुपर्नेे बताए । सहकारीले गरिब र पिछडिएका वर्गलाई समेटेर उनीहरुको आर्थिक विकास गर्नु पर्ने उनले बताए । उनले सहकारीले समाजका सबै वर्गलाई समेटर लैजानु पर्नेमा जोड दिए ।

साधारण सभामा१० जना बचतकर्ता र सेयर सदस्यलाई सम्मान गरिएको थियो ।