☰ open Loading... 22 February 2025|  

जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच बिरामी
पश्चिम नेपाल   | ११ कार्तिक २०८१, आईतवार १६:४३

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा जङ्गली च्याउ खाँदा एउटै परिवारका पाँच जना बिरामी परेका छन्।

शनिबार साँझ जङ्गली च्याउ खाँदा देवचुली–२ दुम्कौलीमा एउटै परिवारका पाँचजना बिरामी परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जङ्गली च्याउन खाँदा दुम्कौलीकी २८ वर्षीया धनमाया राजवंशी, २६ वर्षीय मदन राजवंशी, नौ वर्षीया रिदिमा राजवंशी, ४८ वर्षीय बाबुलाल राजवंशी र ४६ वर्षीया रनमाया राजवंशी बिरामी परेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जेशी शाहले जानकारी दिए।

बिरामीको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको बताउँदै अहिले सबैको अवस्था सामान्य रहेको शाहले उल्लेख गरे। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।