पश्चिम नेपाल | १६ कार्तिक २०८१, शुक्रबार ०५:१४
दैलेख- दुल्लु नगरपालिकाका युवाहरुले पञ्चेबाजा संरक्षणका लागि देउसी भैलो खेलेका छन् । उनीहरुले पञ्चेबाजासहित दैलेख सदरमुकाममा देउसीभैलो खेलेका हुन् ।
पञ्चेबाजा हराउँदै गएपछि देउसीभैलोसँगै पञ्चेबाजालाई जोड्न थालेको उनीहरुको भनाई छ । उनीहरुले पञ्चेबाजा पोशाकमा सजिएर देउसीभैलो खेलेका थिए। पञ्चेबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाइ पर्छन् ।
तस्बीर- यामराज बिष्ट