☰ open Loading... 23 February 2025|  

ताल्चामा टर्मिनल भवन निर्माण अन्तिम चरणमा
पश्चिम नेपाल   | १६ कार्तिक २०८१, शुक्रबार १३:११

रारा विमानस्थलमा निर्माणाधीन टर्मिनल भवन अन्तिम चरणमा पुगेको छ । खानेपानी तथा सरसफाइ, रङ्गरोगनबाहेक भवन निर्माणको सबै काम सकिएसँगै टर्मिनल भवन अन्तिम चरणमा पुगेको हो ।

भवन निर्माणको निर्धारित समयावधिमा काम सम्पन्न नभएपछि पटकपटक गरी चारपटक म्याद थप गरिएको बताउँदै विमानस्थलस्थित टर्मिनल बिल्डिङ एन्ड कन्ट्रोल टावरका आयोजना प्रमुख महेश नेपालीले हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए ।