पश्चिम नेपाल | १७ कार्तिक २०८१, शनिबार २०:१७
दैलेखको आठविस नगरपालिकाको रार्कमकर्णालीमा देउसी भैलो खेल्दै गरेका दुई समूहबिच विवाद हुँदा एक आपसमा झडप भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार उनीहरूबिच सामान्य विवाद हुँदा एक आपसमा लडेका हुन्।
श्रोतका अनुसार भैली खेलिरहेको केटीलाई जिस्काएको विषयलाई लिएर दुई समूहबिच रार्कममा झडप भएको छ। राकममा अवस्था सामान्य भएको इलाका प्रहरीमा आक्रमण गर्न खोज्ने तिन जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
झडपमा दुवै समूहबाट चार पाँच जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ। देउसी खेल्ने विषयमा सामान्य विवाद हुँदा दुई समूहबाट केही सामान्य घाइते भएको र तिन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख ९डिएसपी० सुनिल दाहालले बताए।