☰ open Loading... 25 June 2025|  

एनपिएलमा वेस्ट इन्डिजका वाल्टन कर्णालीबाट खेल्ने
पश्चिम नेपाल   | १८ कार्तिक २०८१, आईतवार ०९:२४

कर्णाली याक्सले नेपाल प्रिमियर लिग(एनपिएल)का लागि वेस्ट इन्डिजका विकेट किपर ब्याटर चाडविक वाल्टनलाई भित्त्राएको छ।

कर्णालीले तेस्रो विदेशी खेलाडीको रुपमा वाल्टनलाई टोलीमा अनुबन्ध गरेको आइतवार सामाजिक संजाल मार्फत जनाएको हो।

पहिलो विदेशी खेलाडीका रुपमा याक्सले पाकिस्तानका अलराउन्डर हुसैन तलातलाई टोलीमा अनुबन्ध गरेको थियो। दोस्रो विदेशी खेलाडीका रुपमा हङकङका ब्याटर बाबर हायातलाई कर्णालीले अनुबन्ध गरेको थियो।

३९ बर्षिय वाल्टनले १ सय ८८ टि ट्वान्टीमा ३ हजार ५ सय ७८ रन बनाएका छन्। वाल्टनले विश्वका विभिन्न फ्रेन्चाइजी लिगको अनुभव लिईसकेका छन्।

कर्णाली याक्सको प्रशिक्षक ज्ञानेन्द्र मल्ल रमार्की खेलाडीमा राष्ट्रिय खेलाडी सोमपाल कामी छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करण आउँदो मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म हुने तय भएको छ।