पश्चिम नेपाल | १९ कार्तिक २०८१, सोमबार १९:१३
जङ्गलमा चट्टयाङ पर्दा दैलेखमा गोठाला गएका पाँच बालबालिका घाइते भएका छन् । भगवतीमाई गाउँपालिकाका–५ साँङ्गखोलाका ती बालबालिकाहरु जङ्गलबाट गाईबस्तु लिएर फर्किदै गर्दा बडलेख नजिक सोमबार अपरान्ह चट्टयाङ लागेर घाइते भएका प्रहरीले जनाएको छ ।
टेलिफोन नेटवर्क समस्याले घाइतेहरुको नाम आइसकेको छैन तर एक जना गम्भीर घाइते र अरु चार जना चाहिँ कम चोट लागेको जानकारी आएको बताउदै उपचारका लागि सदरमुकाम ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी सुनिल दाहालले जानकारी दिए ।
![](https://i0.wp.com/paschimnepal.com/wp-content/uploads/2024/10/13-scaled.jpg?resize=740%2C415&ssl=1)
![](https://i0.wp.com/paschimnepal.com/wp-content/uploads/2024/10/19.jpg?resize=740%2C376&ssl=1)
![](https://i0.wp.com/paschimnepal.com/wp-content/uploads/2024/10/23-scaled.jpg?resize=740%2C662&ssl=1)