☰ open Loading... 8 April 2025|  

दैलेखमा चट्टयाङ लागेर गोठाला गएका छ जना बालिका घाइते (नाम सहित)
पश्चिम नेपाल   | १९ कार्तिक २०८१, सोमबार २०:२६

दैलेखको भगवतीमाई गाउँपालिकाका–५ साँङ्गखोलाका छ जना बालिका बालबालिकाहरु जङ्गलबाट गाईबस्तु लिएर फर्किदै गर्दा बडलेख नजिक सोमबार साझ चट्टयाङ लागेर घाइते भएका प्रहरीले जनाएको छ

घाइतेको जिल्ला अस्पताल दैलेखमा उपचारका लागि ल्याउन लागेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुनिल दाहालले बताए ।

घाइते हुनेहरूमा बर्ष १४ कि बिपना थापा मगर, बर्ष १६ कि संगीता थापा मगर, बर्ष १५ कि किस्ना थापा मगर, बर्ष ११ कि करिस्मा थापा मगर, बर्ष १५ कि सम्झना थापा मगर र बर्ष १३ कि चेतना थापा मगर रहेको दैलेख प्रहरीले जानकारी दिएको छ । घाइते मध्य सगिताको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।