पश्चिम नेपाल | २२ कार्तिक २०८१, बिहीबार ०९:४२
घरमा आगलागी हुँदा फिदिम नगरपालिका-२ का जयप्रकाश राईको मृत्यु भएको छ । मंगलबार अपराह्न फिदिम-२ सामदिनस्थित आगलागीमा परेर घाइते भएका राईको उपचारका क्रममा गएराति कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको हो ।
घरमा अचानक आगो सल्केपछि सामान झिक्ने क्रममा जलेर गम्भीर घाइते भएका राइलाई फिदिमस्थित गणेशमानसिंह सामुदायिक अस्पतालबाट झापाको बी एन्ड सी अस्पताल हुँदै बुधबार दिउँसो कीर्तिपुर बर्न अस्पतालमा पुर्याइएको थियो ।
उपचारकै क्रममा राति करिब एक बजे उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।