☰ open Loading... 3 December 2024|  

अस्पताल प्रमुख चढ्ने अवैध गाडी प्रहरी नियन्त्रणमा, यातायात कार्यालय बुझाईदै
पश्चिम नेपाल   | २३ कार्तिक २०८१, शुक्रबार १३:०९

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले स्वास्थ्य सेवा कार्यालय तथा जिल्ला अस्पताल दैलेखका प्रमुख चढ्ने गाडी नियन्त्रणमा लिएको छ । विगत ८ वर्षदेखि भे१ज १८४ नम्वरको सरकारी प्लेट राखेर अवैध रुपमा चलाईरहेको गाडी सुर्खेत ट्राफिकले नियन्त्रण लिएको हो ।

यातायातको कुनै पनि कागजात नभएको अवैध गाडीलाई सरकारी नम्वर प्लेट प्रयोग अस्पताल प्रमुख डाक्टरले चढ्दै आएका थिए । कागजपत्र नभएको गाडी अस्पताल जस्तै संवेदनशिन कार्यालयले चलाउँदा विगतका प्रहरी प्रशासन रमिते बनेको थियो । उक्त गाडीको कलर परिवर्तन गरेर पछिल्लो वर्षहरुमा अस्पतालका प्रमुखले चढ्ने गरेका थिए । विचमा सुर्खेतमा ट्राफिकले गाडी नियन्त्रणमा लिएपनि पावर लगाएर डाक्टरले छुटाएका थिए । प्रहरीले नियन्त्रणमा लिए लगत्तै गाडी छुटाउन पावर लगाए पनि जिल्ला ट्राफिक प्रहरीले नछोडेर यातायात कार्यालय पठाएको हो ।

आफुहरुलाई अवैध गाडी भएको सुचना आएलगत्तै गाडीलाई नियन्त्रणमा लिई यातायात कार्यालयमा पत्रसहित पठाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले बताए । ‘जिल्ला अस्पताल दैलेखका प्रमुख चढ्ने गाडीको दर्ता, नविकरण कुनै पनि कागजात छैन् ।’ उनले भने, गाडी आवश्यक कागजपत्र नहुँदा यातायात कार्यालयमा पठाएका छौं ।’