☰ open Loading... 24 February 2025|  

अटो दुर्घटनामा एकको मृत्यु, ६ जना घाइते
पश्चिम नेपाल   | २३ कार्तिक २०८१, शुक्रबार १३:१४

अटो अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बाँसगढी नगरपालिका–८ ककौराका ५९ वर्षीय दिर्घ नारायण पंगेनीको बिहीबार साँझ ६ बजे मृत्यु भएको हो।

बाँसगढी नगरपालिका–४ मटेरिया चोक स्थित पूर्व पश्चिम राजमार्ग अन्तर्गत बिहीबार दिउँसो लक्ष्मणा देखि बाँसगढी तर्फ जाँदै गरेको भे १ च ४६८ नम्बरको अटो अनियन्त्रित भई सडक देखि पाँच मिटर तल खसी दुर्घटना भएको प्रहरीले जनाएको छ। बाँसगढी नगरपालिका–६ का ५० वर्षीय चिल्ला थारुले मादक पदार्थ सेवन गरी सो अटो चलाएको प्रहरीको भनाई छ।

दुर्घटना हुँदा अटोमा सवार दिर्घ नारायण पंगेनी र स्याङ्जाकी ७० वर्षीय यशोदा पंगेनी गम्भीर घाइते भएका थिए भने अन्य पाँच जना सामान्य घाइते भएका थिए। दुई गम्भीर घाइतेलाई थप उपचारको लागि मेडिकल कलेज कोहलपुर पु¥याईएको थियो। उपचारको क्रममा बिहीबार साँझ ६ बजे दिर्घ नारायण पंगेनीको मृत्यु भएको र सोही अस्पतालमा यशोदा पंगेनीको उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सामान्य घाइते पाँच जना उपचारपछि डिस्चार्ज भएका छन्। अटो चालक थारुलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए।