☰ open Loading... 14 November 2024|  

पालिका कावा: अध्यक्षको सामान्यलाई पत्र : ‘प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन सकिँदैन
पश्चिम नेपाल   | २४ कार्तिक २०८१, शनिबार १५:२५

 

 

 

 

 

दैलेख ः सङ्घीय सरकारले दैलेखको महावु गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएपछि विवाद भएको उत्पन्न भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पालिकामा खटाइएका प्रमुख प्रशासकीय अधिकृतबाट काम गराउन नसक्ने भन्दै गाउँपालिका कार्यवाहक अध्यक्ष मञ्जु कुमारी शर्मा (पाण्डे) ले मन्त्रालयमा पत्र पठाएपछि विवाद उत्पन्न भएको हो ।

कात्तिक १२ गते मन्त्रालयले गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कामकाज गर्न (शाखा अधिकृत) भलाराम पंगालीलाई खटाएको थियो । कात्तिक १४ गते गाउँपालिकाका कार्यवाहक अध्यक्ष शर्माले पंगालीलाई कार्यालयमा राखी कामकाज गराउन असमर्थ रहेको भन्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएकी हुन् ।

मन्त्रालयले महावु गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत (शाखा अधिकृत) उदयराज उपाध्यायलाई सरुवा गरेर पंगालीलाई खटाएको हो । सङ्घीय सरकारले जनताका घर नजिकका स्थानीय सरकारसँग कुनै समन्वय र छलफल नगरी नयाँ कर्मचारी पठाएकाले काम गर्न नसकिने कुरा कार्यवाहक अध्यक्ष शर्माले मन्त्रालयमा पठाएको पत्रमा उल्लेख छ ।

मन्त्रालयले खटाएको ठाउँमा आफू जान खोज्दा जनप्रतिनिधिले नियम विपरीत रोक्न खोज्नु राम्रो नभएको प्रमुख प्रशासकीय अधिकृत रूपमा कामकाजमा खटाइएका (शाखा अधिकृत) भलाराम पंगालीको भनाई छ । ‘कर्मचारीले स्थानीय सरकार सञ्चालन ऐन अनुसार काम गर्ने हो । जनप्रतिनिधिले आफ्नो अनुकूलका कर्मचारी खोज्नु राम्रो होइन ।,’ पंगालीले भने ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह प्रवक्ता तथा सूचना अधिकारी उप–सचिव आश्विन कुमार पोखरेलले सङ्घीय सरकारले पठाएका कर्मचारीलाई हाजिर गराउँदैनौँ भन्नु नियम विपरीत रहेको बताए । ‘स्थानीय सरकार सञ्चालन ऐनमा प्रस्ट छ प्रमुख प्रशासकीय अधिकृत सङ्घीय सरकारले खटाउने हो । हाजिर गराउँदैनौँ भन्नु नियम विपरीत हो ।,’ उप–सचिव पोखरेलले भने ।