☰ open Loading... 5 February 2025|  

आज देशका पहाडी भू–भागमा बदली, हिमाली भेगमा हिमपातको सम्भावना
पश्चिम नेपाल   | २५ कार्तिक २०८१, आईतवार ०९:०८

मौसम पूर्वानुमान महाशाखाले आज देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ।

महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाले आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने बताएको छ।

साथै देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको तथा देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।