जाजरकोटमा भएका छुट्टा-छुट्टै दुर्घटनामा परी घाइते भएकाहरुमध्ये ११ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । उनीहरूलाई थप उपचारका लागि सुर्खेत ल्याइएको हो ।
सेनाको हेलिकप्टरमार्फत तीन पटकमा ११ जना बिरामी र ४ जना कुरुवासहित १५ जनालाई प्रदेश अस्पताल कालागाउँमा पुर्याइएको छ ।
जाजरकोको पूर्वी भेग नलगाड र पश्चिमी क्षेत्र कुदुमा भएका छुट्टाछुट्टै दुर्घटनामा ३९ जना घाइते भएका छन्। तीमध्ये चार जना डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।
सोमबार जाजरकोट सदरमुकामबाट नेपालगञ्ज जान लागेको बा ५ ख १८९२ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा ३२ जना घाइते भएका थिए । यस्तै, बारेकोट गाउँपालिकाबाट सदरमुकामतर्फ आईरहेको भे १ ज ५९५ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका थिए।
बोलेरो जिप दुर्घटनाका सात जना घाइतेमध्ये चार जना डिस्चार्ज भएका हुन्। प्रदेश अस्पतालले भने बिरामीहरुको उपचार भइरहेको बताएको छ ।