पश्चिम नेपाल | २६ कार्तिक २०८१, सोमबार २०:२५
नेकपा (एकीकृत समाजवादी) को कर्णाली प्रदेश प्रथम अधिवेशन सुरु भएको छ । समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अधिवेशनको उद्घाटन गरेका छन् । मंगलबारसम्म चल्ने उक्त अधिवेशनमा प्रदेशभरबाट ५ सयभन्दा बढी प्रतिनिधिहरू प्रदेश राजधानी वीरेन्द्रनगरमा सहभागी छन् ।
अधिवेशनबाट १३१ जनाको प्रदेश कमिटी निर्वाचित हुने छ । अधिवेशनका सहभागी हुन अध्यक्ष नेपालसहित वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे लगायतका नेताहरू सहभागी रहेका छन् । अधिवेशन वीरेन्द्रनगरको सिद्धार्थ सहकारीको हलका चलिरहेको छ ।