☰ open Loading... 1 February 2025|  

राकममा छिट्टै सय शय्याको अस्पताल बन्छ: प्रधानमन्त्री
पश्चिम नेपाल   | २९ कार्तिक २०८१, बिहीबार ०८:००

प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको राकम कर्णालीमा सय शय्याको अस्पताल चाँडै सञ्चालनमा ल्याइने घोषणा गरेका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा आयोजित प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै ओलीले अस्पताल बनाउने प्रक्रिया समेत सुरु भइसकेको अवगत गराए।

दैलेख लगायत आसपासका जिल्ला सेन्टर भएकाले अस्पताल बनाउने र प्रतिष्ठानले व्यवस्थापन गर्ने जनाइएको छ। अस्पताल सञ्चालनमा आए सुदुपश्चिमका ५ जिल्ला र कर्णालीका दैलेख, कालिकोट लगायतका जिल्लावासी लाभान्वित हुनेछन्।

कर्णाली राजमार्ग छेउमै पर्ने भएकाले पनि भइपरी आउने दुर्घटना लगायतका कुराहरूमा यथाशीघ्र घाइतेहरूले उपचार पाउने छन्।

प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई थप प्रभावकारी बनाउन र गुणस्तरीय शिक्षा र सेवा प्रदान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको जनाए। साथै, सरकारले उच्च प्राथमिकतामा राखेका पूर्वाधार निर्माणमा लगायतका कामहरु छिट्टै हुने उल्लेख गरे।