☰ open Loading... 28 March 2025|  

समर्थक र प्रशंसकसँग कर्णाली याक्स
पश्चिम नेपाल   | ३० कार्तिक २०८१, शुक्रबार १०:१४

कर्णाली याक्स आफ्ना समर्थक र प्रशंसकहरूसँग भेटघाटमा व्यस्त बनेको छ।

नेपाल प्रिमियर लिग (एनपीएल) को ८ टीममध्येको एक कर्णाली याक्स आफ्ना खेलाडीसहित सुर्खेत पुगेको हो।

कर्णाली याक्सका मार्की सोमपाल कामीसहितको टीमले सुर्खेत पुगेर र्‍याली निकालेको छ।

जहाँ टीमले आफ्ना प्रशंसक, समर्थक र बालबालिकाहरूबाट अविश्वसनीय मायाको साथ यात्रा सुरु गर्दा ऊर्जा उच्च भनेको टीमले जनाएको छ।

यात्राका लागि बिहीबार नै सुर्खेत पुगेको टीमको भव्य स्वागत गरिएको थियो।

कर्णाली याक्सले भारतीय चर्चित खेलाडी शिखर धवनलाई टीममा अनुबन्ध गरेपछि थप चर्चामा आएको छ।