☰ open Loading... 22 December 2024|  

बढ्यो डिजल र मट्टीतेलको मूल्‍य
पश्चिम नेपाल   | ३० कार्तिक २०८१, शुक्रबार २१:४८

डिजल र मट्टीतेलको मूल्य बढेको छ ।

नेपाल आयल निगमको शुक्रबार साँझ बसेको सञ्चालक समितिको बैठकले डिजल र मिट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो ।

तर, पेट्रोलको मूल्‍य भने बढाइएको छैन । यो मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेछ ।

मूल्य बढेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १५०।५० रुपैयाँ कायम भएको छ ।

यस्तै सुर्खेत र दाङमा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ कायम भएको छ भने काठमाडौँ, पोखरा र दिपायलमा डिजल र मट्टीतेलको मूल्‍य प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ ।