दैलेखको महाबु गाउँपालिकाको अध्यक्षसहित दुल्लु नगरपालिका–१३ का वडाध्यक्षको निर्वाचन हुँदै छ।
नेपाली कांग्रेसबाट निर्वाचित महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङ्गको ७६ वर्षको उमेरमा २०७९ माघ २७ गते निधन भएको थियो। त्यसैगरी एमालेबाट निर्वाचित दुल्लु नगरपालिका–१३ का वडाध्यक्ष बिर्खबहादुर शाहीको ६५ वर्षको उमेरमा २०८० माघ २२ गते निधन भएको थियो। तसर्थ सोही पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो।
सो निर्वाचनका लागि शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ। महाबु गाउँपालिकाको मुकाम गैडाबाजमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो।
जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखसहित कार्यालय स्थापना गरिएको जनाइएको छ। मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेसहित कार्यालय स्थापना गरिएको छ। २ गते उम्मेदवारले नाम दर्ता गर्ने कार्ययोजना रहेको छ। कार्यालय स्थापनासँगै सुरक्षा निकायका प्रमुखसँगै मुख्य निर्वाचन अधिकृत पाण्डेको टिम महाबुमा रहेका मतदान स्थलको अनुगमन गरिरहेका छन्।