☰ open Loading... 23 February 2025|  

महाबु गाउँपालिकाकाे अध्यक्ष पदका लागि ७दलको मनाेनयन दर्ता
पश्चिम नेपाल   | २ मंसिर २०८१, आईतवार १६:०४

 


दैलेखको महाबु गाउँपालिका अध्यक्षका लागि७ दलले उम्मेदवारी दर्ता गराएका छन्।

आइतबार दलहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

नेपाली कांग्रेसबाट झलक भण्डारी नेकपा माओवादी केन्द्रबाट जङ बराल र नेकपा एमालेबाट जगं बहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट प्रकाश बुढाले उम्मेदवारी दर्ता गराएका छन् भने नेकपा समाजवादीबाट जगत हमाल,नेपाल मजदुर किसान पार्टीबाट दुर्ग बहादुर मगर,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुर्जे रावतले उम्मेदवारी दर्ता गराएका छन्।