कृष्ण दैलेखी | ४ मंसिर २०८१, मंगलवार ११:२८
जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखको आयोजनामा सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको छ । पछिल्लो समय दुर्घटना दर बढ्न थालेसंगै दैलेखमा चालक, सहचालकहरुको स्वास्थ्य जाँच गरिएको हो ।
चालक र सहचालकहरुको स्वास्थ्य परिक्षणहरुमा प्रेशर जाँच, आखाँ जाँच लगायतको जाँच गरिएको थियो ।
त्यस्तै उनीहरुलाई ट्राफिक नियम सम्बन्धी जानकारी पनि दिईएको थियो । स्वास्थ्य परिक्षणमा १ सय ५० जना चालक र सहचालक सहभागी भएको जिल्ला ट्राफिक कार्यालय दैलेखका प्रमुख टोप बहादुर महताराले बताए ।