पश्चिम नेपाल | ४ मंसिर २०८१, मंगलवार ११:३६
सुनको मूल्य दुई दिनयता लगातार बढिरहेको छ । मंगलबार सुनको भाउ तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला १ लाख ६२ हजार १ सय रुपैयाँ कायम भएको छ । सोमबार भने सुनको भाउ १ लाख ६१ हजार रुपैयाँ थियो । आइतबार भने सुनको तोलाको १ लाख ६० हजार रुपैयाँमा किनबेच भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावले नेपाली बजारमा पनि प्रभाव पारेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले कात्तिक १५ मा प्रतितोला भाउ १ लाख ७१ हजार रुपैयाँ निर्धारण गरेको थियो । यो मूल्य अहिलेसम्मकै उच्च थियो ।
त्यस्तै सोमबारको तुलनामा मंगलबार चाँदीको भाउ ३५ रुपैयाँले बढेको छ । मंगलबार नेपाली बजारमा चाँदीको भाउ १ हजार ९ सय ५५ रुपैयाँ कायम गरिएको छ ।