☰ open Loading... 22 December 2024|  

देशमा स्थायित्व कायम गर्न काँग्रेस–एमालेको सरकारः प्रवक्ता महत
पश्चिम नेपाल   | ४ मंसिर २०८१, मंगलवार १६:५३

नेपाली काँग्रेसका प्रवक्ता एवम पूर्व अर्थमन्त्री प्रकाश शरण महतले देशमा स्थायित्व कायम गर्नको लागि काँग्रेस एमालेको सरकार बनेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन सुर्खेतले आज वीरेन्द्रनगरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनुभएको हो ।
माओवादीको अस्थितर प्रवित्तिकका कारण दुई ठुला पार्टी मिल्ने विशिष्ट परिस्थिति बनेको भन्दै उहाले यो सरकारले जनताको पक्षमा काम गरिरहेको दाबी गर्नुभयो ।

माओवादीको महिना महिनामा समिकरण बदल्ने अस्थिर प्रवित्ति रहेको भन्दै अब देशलाई स्थायित्व दिन यो सरकार आगामी चुनावसम्मै रहने बताउनुभयो । अहिलेको उपनिर्वाचनमा अधिकांस ठाउँमा काँग्रेसले जित्ने दाबी उहाको छ ।

सरकार निर्माणको बेला भएका सहमतीअनुसार नै सरकार अगाडी बढीरहेको भन्दै अहिलेको निर्वाचन प्रणालीलाई बदल्नेगरी संविधान संशोधन गर्न छलफल भइरहेको बताउनुभयो ।
सत्तामा रहेका सबै पार्टीहरु पार्टीभन्दा माथी हुनुपर्ने भन्दै अहिलेको सरकारले गर्ने काम जनताको हितमा गरिरहेको उहाको भनाई छ ।
सहकारी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेका विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै महतले प्रतिशोध साधेर पक्राउ गरिएको भन्ने प्रचार गलत रहेको बताउनुभयो । उहाले भन्नुभयो, “द्वन्द्वकालमा माओवादीले काँग्रेस कार्यकर्तालाई दुख दिँदा त हामीले प्रतिशोधको राजनिति गरिँनौँ भने रबि लामिछानेविरुद्ध प्रतिशोध साध्ने कारणै छैन्,”
सहकारी अपचलनमा जोडिएका रबि लामिछानेको मुद्धा अदालतमा गइसकेकाले हुलहुज्जत गर्न नहुनेमा जोड दिँदै अदालतप्रति विश्वास सबैले राख्नुपर्नेमा महतको सुझाव छ ।

कर्णाली प्रदेशको विकासको लागि आफु अर्थमन्त्री भएको बेला प्राथमिकताको साथ वजेट विनियोजन गरेको बताउँदै कार्यान्वयन गर्ने जिम्मा पाएका नीकायले तदारुकता जनाउनुपर्ने महतको भनाई छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चिन भ्रमणको विषयमा कुन देशमा पहिले भ्रमण गर्ने भन्ने कुरा त्यती ठुलो नभएको बताउनुभयो । यसअघि अमेरिकामा भारतका प्रधानमन्त्रीसँग महत्वपूर्ण भेट भइसकेको छ, तत्कालै भेट्नुपर्ने अवस्था पनि छैन, चिन भ्रमणको लागि निम्तो आयो, प्रधानमन्त्री जी जानुहुन्छ र रह्यो बिआरआईको कुरा बिआरआई ऋणमा होइन, अनुदानमा हुनुपर्छ भन्ने नेपाली काँग्रेसको प्रष्ट धाराणा छ,”
कार्यक्रम प्रेस युनियन सुर्खेतका अध्यक्ष मधुवन विसीको अध्यक्षतामा सम्पन्न भएको हो ।