नेपाल समाजवादी प्रेस संगठनका दैलेख जिल्ला ईन्चाज, अध्यक्ष सहित ३ जना नेपाल प्रेस युनियनमा प्रवेश गरेका छन् । नेपाल प्रेस युनियनले आयोजना गरेको स्वागत कार्यक्रममा प्रेस संगठन परित्याग गरी युनियनको सदस्यता लिएका हुन् ।
नेपाल समाजवादी प्रेस संगठनका दैलेख ईन्चाज भरतराज अधिकारी, जिल्ला अध्यक्ष भिम बहादुर सिजापती, सदस्य रोशन थापा (जित) लाई प्रेस युनियन दैलेख शाखाले स्वागत गरेको सभापती अभिषेक अनुरागले बताए । नेपाल प्रेस युनियन नेपाली काँग्रेस निकट सुवेच्छुक संस्था हो ।
स्वागत कार्यक्रममा पार्टीका जिल्ला सभापति मणिराम रेग्मी, प्रतिनिधि सभा सदस्य दिक्पाल शाही, प्रदेश सभा सदस्य तथा सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जिल्ला समन्वय समितिका प्रमुख नवराज शाही लगायतका जिल्लाका नेताहरु सहभागी थिए ।
वर्तमान राजनितिक अवस्थामा नेपाली काँगेस अग्रणी पार्टी भएकाले र देश विकासमा अहम भुमिका लेखेको लोकतान्त्रिक पार्टी भएकाले आफुहरुले सदस्यता लिएको स्वागत तथा प्रवेश कार्यक्रममा उनीहरुले बताए ।