☰ open Loading... 3 December 2024|  

अर्थतन्त्र सुधारका लागि कृषि उत्पादनमा जोड दिनुपर्छ- मन्त्री शाह
पश्चिम नेपाल   | ६ मंसिर २०८१, बिहीबार ०६:५३

दैलेख –भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिनोद कुमार शाहले अर्थतन्त्र सुधारका लागि कृषि उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । नारायण नगरपालिका दैलेखमा कृषि बिकाश कार्यालय दैलेखको आयोजना गरिएको दैलेख जिल्लाको कृषि उपजको उत्पादन बृद्धि तथा बजारीकरण सम्बन्धी कार्यक्रममा कृषियोग्य जमिन प्रशस्तै भएकाले आवश्यक तरकारी, खाद्यान्नलगायत कृषि उत्पादनमा सबैले जोड दिनुपर्ने बताएका हुन् ।उत्पादित जनशक्ति र सम्मानजनक रोजगारीबीच तालमेल हुनुपर्नेमा उनले जोड दिए ।उनले माटोलाई जीवित राख्न त्यसमा रासायनिक नभई जैविक मलको उचित प्रयोग गर्नुपर्ने औँल्याए ।

सबै संग समन्वय गरेर कार्यालयले जानुपर्ने दैलेखका पमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । उनले कृषि क्षेत्रमा दक्ष जनशक्तिको आवश्यक रहेकोबताए । कृषि क्षेत्रमा लगानी मात्र नभई उत्पादनको बजारीकरणमा समेत ध्यान दिनुपर्ने आवश्यकता रहेको उनले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितीका नमराज शाहीले कृषकले उत्पादनमा जोडदिनुपर्ने बताए ।उनले राज्यले दिएको सेवासुविधाका सदुपयोग गर्नुपर्ने बताए।उनले किसानलाई राज्यले अझै लगानी गर्नुपर्ने बताए ।उनले पहुँचको आधारमा राज्यले लगानी गर्दा बास्तबिक किसान पछाडि परेको बताए ।