☰ open Loading... 27 September 2025|  

फेरि बढ्याे सुनको मूल्य
पश्चिम नेपाल   | ६ मंसिर २०८१, बिहीबार १२:४७

आज सुनको मूल्य प्रतितोला एक हजारले बढेर एक लाख ६४ हजार रूपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य एक लाख ६३ हजार रूपैयाँ थियो।

त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ। अहिले चाँदीको मूल्य तोलाको एक हजार नौ सय ५० रूपैयाँ कायम भएको महासङ्घले जनाएको छ। कात्तिक १५ गते एक लाख ७१ हजार रूपैयाँमा सुनको कारोबार भई उच्च मूल्य कायम भएकामा पछिल्लो समय मूल्य घटबढ भइरहेको छ।