☰ open Loading... 23 February 2025|  

छोराले नै लियाे बुबाको ज्यान
पश्चिम नेपाल   | १० मंसिर २०८१, सोमबार १४:२९

रुकुम पश्चिममा छोराले आफ्नै बुबाको हत्या गरेका छन्। जिल्लाको आठबिसकोट नगरपालिका-१० घारीखोलाका २० वर्षीय वीरबहादुर खत्रीले ५० वर्षीय बुबा दर्वे खत्रीको हत्या गरेका हुन्।

आइतबार साँझ वीरबहादुरले चक्कु प्रहार गरेर आफ्नै बुबाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले बताए। उनका अनुसार बुबाको हत्या गर्ने वीरबहादुर फरार छन्। फरार वीरबहादुरको खोजीका लागि इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक गणेश खनालको कमान्डमा १० प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक पाठकले बताए। घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ।