☰ open Loading... 21 January 2025|  

विद्याथीलाई सचेतना कार्यक्रम
पश्चिम नेपाल   | १२ मंसिर २०८१, बुधबार ११:०६

दैलेखको नारायण नगरपालिका ३ नेरा माध्यमिक बिद्यालय कालीमाटिमा १ दिने जनचेतनामूलक कार्यक्रम गरिएको छ ।
समुदायमा आधारित सस्थामा सिबियो महासघ दैलेख र दलित पत्रकार महासंघ दैलेखको आयोजनामा दैलेखको नारायण नगर पालिका ३ कालीमाटीको नेरा माबी कालिमाटीका कक्षा ७,८,९ र १० का बिद्यार्थीहरुलाई विभिन्न विषयमा जनचेतनामुलक कार्यक्रम गरिएको हो ।

कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा जिल्ला प्रहरी कार्यलय दैलेखका प्रहरी नायब उपरीक्षक सुनिल दाहालले अहिले पछिल्लो समयमा गाउँ समाजमा भैरहेको बालबिबाह , धूम्रपान मध्यपान , समाजिक संजालको दुरुपयोग, लागु पदार्थ ओसार पसार , बालबालिका हिंसालाई न्यूनीकरण गर्ने विषयक प्रशिक्षण गराएका थिए ।

कार्यक्रममा दलित पत्रकार सघ दैलेख अध्यक्ष कृष्ण दैलेखी, युवा समाजसेवी हर्क नेपाली, जनचेतनामूलक सन्देश दिएका थिए ।
त्यस्तै नेरा माध्यमिक बिद्यायका प्रधानाध्यापक रंगनाथ खनालले यस्ता कार्यक्रमले शिक्षक बिद्यार्थीलाई समेत सकारात्मक सन्देश दिएको बताए ।