रारा घुम्न आउनेहरु १ महिनाअघिदेखि सल्लेरीबाटै हिड्नुपर्ने नियम बनाईएपछि दुःख पाउन थालेका छन् । माथिल्लो मिलिसम्म गाडी जान दिए १० देखि १५ मिनेटमा रारा ताल पुग्र्थे । अहिले १ घण्टा हिड्नुपर्ने बाध्यता छ तर, सरकारी गाडीहरुलाई निकुञ्ज प्रशासनको नियमभन्दै नेपाली सेनाले माथिल्लो मिलिसम्म निर्वाध छोड्ने गरिएको छ ।
माथिल्लो मिलि चौरसम्म गाडी जान दिए १० देखी १५ मिनेटमै रारा ताल पुग्ने गरेका पर्यटकहरु अहिले निकुञ्जको नियमले दुःख पाएका हुन् विगतमा माथिल्लो मिलि चौरसम्म गाडी जान दिएपनि पछिल्लो एक महिनायता नयाँ आएको नेपाली सेनाको नेतृत्वले निकुञ्ज प्रशासनको नियमभन्दै सल्लेरीमै रोक्न थालेपछि रारा घुम्न आउनेहरुमा सकस हुने गरेको छ ।
निकुञ्जभित्रको कोर एरीयामा नियमअनुसार निकुञ्जमा सुरक्षार्थ खटिएको नेपाली सेनाको गाडी र निकुञ्ज प्रशासनको मात्र गाडी जान मिल्ने ब्यवस्था छ तर, निकुञ्ज प्रशासनले सरकारी गाडी छोड्ने नियम बनाएको पाईएको हो । निकुञ्जभित्र कुनै पनि बाहिरबाट गाडी जान नपाईने हुनुपर्नेमा सरकारी गाडी र पावरवाला मान्छेहरु जाने गरेको पाईएको छ । नियम सवैका लागि बराबर भएपनि रारा राष्ट्रिय निकुञ्जले विभेदपूर्ण गरेकाले रारा आउनेहरुले पछिल्लो समय दुःख पाउने गरेका छन् । सरकारी गाडी लिएर आउनेहरुलाई सल्लेरीबाट माथिल्लो मिलिसम्म जान दिने गरेपछि रारा पुग्नेहरु आक्रोशित भएका छन् । निकुञ्जको भनेअनुसार मात्र गाडीहरु छोड्ने गरेको रारामा खटिएको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाले सल्लेरीमा रारा घुम्न आउनेहरुलाई रोक्न थालेपछि निराश हुने गरेका छन् । गाडी पुग्ने माथिल्लो मिलिसम्म गाडी जादाँ निकुञ्जलाई असर नपुग्ने भएपनि वर्षपिच्चे नयाँ नियम बनाएका कारण दुःख पाईने गरेको रारा हेर्न आउनेहरुको गुनासो छ ।
सल्लेरीमा निकुञ्जको नाम लिएर स्थानीय मध्यवर्ती समितिले पार्किङ राखेका गाडीहरुबाट समेत १० मिनेट राखेको ५ सय रुपैँया असुल गरेको छ । निकुञ्जभित्र काम विशेषले आउनेहरुलाई अवस्था हेरेर मात्र सरकारी गाडी छाड्ने गरेको रारा राष्ट्रिय निकुञ्जका प्रमुख महेश न्यौपानेले बताए ।
सल्लेरीबाट हिडेर प्रकृतीको रमाईलो पदयात्रा होस् भनेर गाडीभित्र ल्याउन रोकिएको हो । रारा राष्ट्रिय निकुञ्जका प्रमुख न्यौपानेले भने, माथिल्लो मिलिसम्म गाडी छोड्दा विगतमा फोहोर भएको र अहिले सरकारी गाडीमात्र आउदा फोहोर कम भएको छ ।’