☰ open Loading... 24 February 2025|  

देशभरको मौसम सफा, उच्च भेगमा हल्का हिमपात
पश्चिम नेपाल   | १५ मंसिर २०८१, शनिबार ०९:३०

देशभरको मौसम मुख्यतया सफा रहेको छ। पश्चिमी वायुको आंशिक प्रभावका कारण कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। विभागले राति कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपात हुने महाशाखाको अनुमान छ।