पश्चिम नेपाल | १५ मंसिर २०८१, शनिबार १२:५४
बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भेरी करिडोर सडकखण्ड अन्तर्गत डोल्पाबाट नेपालगन्ज जाँदै गरेको भे१ख १३९६ नम्बरको बसले ठक्कर दिँदा नलगाड नगरपालिका-१ चिउरीका सुरेश महरको मृत्यु भएको हो ।
भेरी नगरपालिका-१ रावतगाउँ नजिकै महरलाई बसले ठक्कर दिएको थियो ।
दुर्घटनापछि उनलाई उपचारकालागि जिल्ला अस्पताल ल्याइएपनि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी पुरूषोत्तमप्रसाद पाण्डेले बताए ।
ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।