पश्चिम नेपाल | १६ मंसिर २०८१, आईतवार ०९:१०
उपनिर्वाचनलाई लक्षित गरेर आज कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द हुने भएको छ। सुरक्षा संवदेनशीलताका कारण सो सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।
कालीकोट–जुम्ला सडकअन्तर्गत तिलागुफा नगरपालिका–६ खल्लागाडबाट वडा नं १ नाग्म बजारसम्म १३ घण्टा सडक बन्द गरिएकाे छ। तिलागुफा नगरपालिका–४ राँचुलीमा वडाध्यक्षका लागि मतदान भइरहेकाे छ।
सुरक्षा संवेदनशीलतालाई लिएर कालीकोट–जुम्ला सडकको खल्लागाडबाट नाग्मबजारसम्म अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारीसाधन चल्न नदिएकाे प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार आइतबार बिहान ५:०० बजेदेखि बेलुका ६:०० बजेसम्म यातायातका साधन चल्न रोक लगाइएको छ।
वडामा आज सार्वजनिक बिदा समेत दिइएको तिलागुफा नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायले जानकारी दिएका छन्।