पश्चिम नेपाल | १६ मंसिर २०८१, आईतवार १४:०१
रोल्पामा झोलुङे पुलको रिटेनिङ वाल भत्किँदा पुरिएर पाँचजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा सुनछहरी गाउँपालिका– ३, बाहिरी गामनिवासी ४५ वर्षीय दुजमन परियार, वर्ष ३१ का ओम परियार, २७ वर्षीया आइती परियार, ४० वर्षीया सवित्रा परियार र ६६ वर्षीया देवीराम परिवार रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता रोहितकुमार शाहीले जानकारी दिए ।
जिल्लाको सुनछहरी गाउँपालिका– ३ मौलाबाङ र बाहिरी गाम जोड्ने गाजाधारा कोइगेङ झोलुङे पुल निर्माणका लागि खाल्डो खन्ने क्रममा पुरिएर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।