☰ open Loading... 25 January 2025|  

दैलेखमा अहिलेसम्म ५४ प्रतिशत मत खस्यो
पश्चिम नेपाल   | १६ मंसिर २०८१, आईतवार १६:३४

दैलेखका दुई स्थानीय पालिकामा भएको भएको उपनिर्वाचनमा अहिलेसम्म ५४ प्रतिशत मत खसेको जनाइएको छ। साँझ ५ बजेसम्म मतदानको समय भएकाले अझ मत खस्ने अनुमान गरिएको छ।

महाबु गाउँपालिका अध्यक्ष र दुल्लू नगरपालिका –१३ को वडाध्यक्ष पदको उपनिर्वाचनमा ५४ प्रतिशतभन्दा बढी मत जनाइएको हो।

महाबु गाउँपालिकाका ६ वटै वडाका १६ वटा मतदान केन्द्रमा ६ हजार आठ सय ३७ मत खसेको छ। दुल्लू नगरपालिका –१३ का दुई स्थानका ४ मतदान केन्द्रमा १ हजार ४ सय ७० मत खसेको छ। महावुमा १२ हजार ६ सय १४ मतदाता रहेका छन् भने दुल्लु –१३ मा२७ सय ६ मतदाता रहेका छन्।