☰ open Loading... 20 January 2025|  

दैलेखको महाबुमा राति १० बजेपछि मात्रै मतगणना
पश्चिम नेपाल   | १६ मंसिर २०८१, आईतवार २०:४५

दैलेखको महाबु गाउँपालिकामा ५५.४० मात्रै प्रतिशत मत खसेको छ । पालिकाको अध्यक्ष पदका लागि आइतबार भएको मतदान सम्पन्न भकएको छ ।

१२ हजार ६१४ मतदाता रहेको महाबु गाउँपालिकामा ६ हजार ९८९ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

उक्त मतदानमा ५५.४० प्रतिशत मतदाता मात्रै सहभागी भएका छन् । जसमा ३ हजार १० पुरुष, ३ हजार ९७९ महिलाले मतदान गरेको जिल्ला निर्वाचन अधिकृत नरबहादुर सलामीले जानकारी दिए । उनका अनुसार महाबुमा ९ मतदान स्थल र १६ वटा केन्द्र तोकिएको थियो ।

उनले शान्तिपूर्ण र मर्यादित रुपमा मतदान भएको बताए । मतपेटिका पुगेको खण्डमा राति १० बजे पछि मात्रै मतगणना गर्ने तयारी भएको सलामीले बताए । ‘महाबुका सबै वडाबाट मतपेटिका संकलन गर्ने काम भइरहेको छ,’ उनले अनलाइनखबरसँग भने, ‘राती १० बजेसम्म मात्रै मतपेटिका आइपुग्ने अनुमान गरेका छौं । त्यसपछि मात्रै सर्वदलीय बैठक बसेर मतगणग शुरु गछौं ।’