☰ open Loading... 20 January 2025|  

कर्णालीका खानेपानी योजनाहरुमा मैले बजेट हाल्छु ः खानेपानी मन्त्री यादव
पश्चिम नेपाल   | १७ मंसिर २०८१, सोमबार १७:०९

सुर्खेतमा पुगेका संघिय खानेपानी मन्त्री प्रदीप यादवले डिपिआर भएका तर, बजेट अभावमा टेण्डर हुन बाँकी रहेका कर्णाली प्रदेशभरका खानेपानी योजनाहरुमा बजेट सुनिश्चितता गरेर टेण्डर प्रकृयामा अघि बढाईने बताएका छन् ।

उनले भौगोलिक रुपमा विकट भएको कर्णालीमा खानेपानी समस्या समाधान गर्न लागि डिपिआर भएका योजनाहरु कार्यान्वयनमा लैजाने बताएका हुन् ।

सुर्खेतमा आयोजित ग्रामीण खानेपानी सेवा सहायता केन्द्रको शुभारम्भ गर्दै मन्त्री यादवले कर्णालीमा बजेट अभावमा थन्किएका डिपिआर भएका योजनाहरु तत्काल अर्थ मन्त्रालयसंग बजेट सुनिश्चितता गरेर टेण्डर प्रकृयामा लैजाने उद्घाृेष गरेका छन् ।

आफुले कर्णालीलाई नजिकबाट चिनेको हुनाले स्वास्थ्य मन्त्री हुँदा कर्णाली विज्ञान प्रतिष्ठानलाई सहयोग गरेर अहिले खानेपानी मन्त्री भएपछि खानेपानीका योजनाहरु निर्माणमा लागि पर्ने मन्त्री यादवले बताए । खानेपानीको समस्या समाधानका लागि आफु हरसम्भव हुने बेलासम्म लागि पर्ने समेत उनले बताए ।