पश्चिम नेपाल | १७ मंसिर २०८१, सोमबार २०:४१
सचिवमा बढुवा भएको तीन वर्षमा सातौं पटक सरुवा भएर गोपाल सिग्देल अहिले सहरी विकास मन्त्रालय आइपुगेका छन् । सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल पाँच दिन अघि निवृत्त भएपछि रिक्त स्थानमा सिग्देललाई सरुवा गरिएको हो । सिग्देल जल तथा उर्जा आयोगमा सचिव थिए ।
उनलाई आइतबारको मन्त्रिपरिषद्को बैठकले सहरीका सरुवा गरिएको हो । जागिरे अवधिभर सबैजसो समय सडक विभागमा काम गरेको सिग्देललाई केही समय पहिले उर्जा सचिवबाट सरुवा गरेर आयोगमा पठाइएको थियो । सिग्देल भौतिक पूर्वाधार र उर्जा मन्त्रालय तथा उर्जा आयोगमा पालैपालो गरेर पछिल्लो ७ महिनामा चार पटक सरुवा भएका छन् ।
२०७८ असोज १४ मा सचिवमा बढुवा भएपछि पटक–पटक सरुवा भएका कारण एक ठाउँमा उनले सरदर ५ देखि ६ महिना मात्र काम गर्ने अवसर पाएका छन् । केही समय अघि सिग्देललाई उर्जामन्त्री दिपक खड्काले आयोगमा पठाएका थिए ।