दैलेखको नौमुले गाउँपालिकाले सुचनाको हक प्रयोग गरेर मागेको सुचना दिन अटेर गरेको छ । सुचनाको मागेको ४ महिना पुग्दा समेत नौमुले गाउँपालिकाले सुचना नदिएको हो ।
भदौं १८ गते दिएको निवेदनमा तत्किालिन निमित्त प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र बहादुर शाहीले सुचना उपलब्ध गराउने जानकारी गराएपनि अहिलेसम्म सचना नदिएका हुन् । अहिले प्रमुख प्रशासकिय अधिकृत दमन दाहाल छन् । लिखित दिएको निवेदनअनुसार सुचना उपलब्ध गराउन मौखिक रुपमा पटक पटकभन्दा समेत अटेर गरेको पाईएको छ ।
सुचना माग गरेअनुसार आर्थिक वर्ष ०८०÷०८१ मा गाउँपालिकाबाट पाता र पाईप खरिदको प्रकृया र मुल्यसहितको सप्लायर्सको विवरण नामसहित उपलब्ध गराईदिनहुन् । वितरण कहाँ कसलाई गरियो सोबारे वितरण सहित मागिएको थियो । त्यस्तै आर्थिक वर्ष २०८०÷०८१ मा यस गाउँपालिकाबाट औषधी उपचारका लागि दिईएको कुल रकम र वितरणको प्रकृयासहित लाभान्वितहरुको रकमसहित नामावली उपलब्ध गराईदिनका लागि सुचना माग गरिएकोमा ४ महिनादेखि बेवास्था गरेको पाईएको हो ।