पश्चिम नेपाल | २४ मंसिर २०८१, सोमबार ११:२१
हुम्लामा सोमबार बिहान सेताम्ये देखिएको हुम्ला सदरमुकमा सिमकोटका बस्ती। आज बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको छ।
हिमपातपछि मौसम ठीक हुने गहुँ, जौ र उवा खेतीलाई राम्रो हुने भन्दै जिल्लाका किसान खुसी भएका हुन्। सदरमुकाम सिमकोट र आसपासका डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ।