रौतहटको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमहा जङ्गलमा मध्यराति भएको स्कार्पियो दुर्घटनामा ८ जनाको ज्यान गएको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्।
बाराको गढिमाइ मन्दीरबाट दर्शन गरेर फर्कदै गरेको बा १६च ३१६२ नम्बरको स्कार्पियो रुखमा ठोक्किएर दुर्घटना भएको हो। घटनास्थलमा ८ जनाको मृत्यु भएको थियो। घाइते ५ जनालाई पर्सा जिल्लाको बिरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।
मृतकहरू सिरहाको अर्नामा गाउँपालिका ३ का ६० वर्षीया लरुवदि देवी महरा, ३० वर्षीया उर्मिला देवी महरा, ५० वर्षीया रामकुमारी देवी महरा, ५५ वर्षीया महङ्गी देवी महरा, ६२ वर्षीया फुलबन्ती देवी चमार, ६० वर्षीया रामकुमारी देवी महरा, ३० वर्षीया सकुन्तला देवी महरा र स्कार्पियो चालक ४० वर्षीय शिव कुमार यादव रहेका छन्।
दुर्घटना राति १२:३० बजे भएको थियो, जब गाडी तीव्र गतिमा जंगलको भित्र रुखमा ठोक्किएको थियो।