☰ open Loading... 9 July 2025|  

सुनको मूल्य प्रतितोला दुई हजार एक सय बढ्यो
पश्चिम नेपाल   | २५ मंसिर २०८१, मंगलवार ११:४१

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै स्थानीय बजारमा आज प्रतितोला सुन दुई हजार एक सय रूपैयाँले बढेको छ।

सोमबार प्रतितोला एक लाख ५० हजार एक सयमा कारोबार भएको पहेँलो धातु आज बजार खुल्दा एक लाख ५२ हजार दुई सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यसैगरी चाँदीको मूल्य प्रतितोला ६० ले बढेर एक हजार नौ सय २५ रूपैयाँ कायम भएको छ।