गणेश बहादुर शाही, राकमकर्णाली दैलेख | १ पुष २०८१, सोमबार ०९:२९
दैलेखको राकमकर्णालीमा भएको आँखा शिविरमा ९९ जनाले आखाँको मोतिविन्दुको अप्रेशसन गरेका छन् । तिन दिने आखाँ शिविरमा ४ सय ५९ जना आखाँका विरामीले सेवा लिएको जनाईएको छ ।
रुईत फाउन्डेसन काठमाडौको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाईटी सुर्खेतको प्राविधिक सहयोग र आठबिस नगर पालिकाको समन्वय तिन दिने आँखा शिविर गरिएको आठबिस नगर पालिका स्वास्थ्य शाखा प्रमुख देवराज तिमिल्सेनाले जानकारी दिएका छन् ।
शिविरमा ९९ जनाको मोतिविन्दुको अप्रेशन भएको सिनियर अहेव विनोद कुमार कठायतले बताए ।