दैलेखको आठविस नगरपालिकामा नयाँ निमार्ण व्यवसाय संघ गठन भएको छ । भरत कुमार सिजापती (भास्कर) को अध्यक्षतामा निर्माण ब्यवसायी संघ गठन भएको हो ।
सिजपातीको अध्यक्षतामा १३ सदस्य संघको गठन भएको छ । जसमा बरिष्ठ उपाध्यक्षमा तोपेन्द्र बहादुर चन्द, उपाध्यक्षमा रमेश माँझी, महासचिवमा पूर्ण बहादुर शाही, कोषाध्यक्षमा कपिल चन्द, सचिवमा विनोद शाही र सदस्यहरुमा जनक बहादुर माँझी, बखत बहादुर शाही, दयाराम विक, धिरेन्द्र बहादुर कार्की, सुमित जैशी, गोर्कण बहादुर शाही र पवन शाही रहेका छन् ।
आठबिस नगर पालिका अन्तर्गत गठन भएको संघले निर्माण व्यवसायहरु हकहितका लागि बिभिन्न कुरामा छलफल गर्दै नया कार्य समिति गठन गरिएको जनाईएको छ । हामी निमार्ण व्यावसायिकहरुको कुरा नगरपालिकाले सुनुवाई नगर्दा यो कदम चालेर आफुहरु जानु परेको र नयाँ कार्य समिति गठन गर्नुपरेको बरिष्ठ उपाध्यक्ष टोपेन्द्र बहादुर चन्दले बताए ।
भाबी दिनहरुमा केन्द्र सरकार, प्रदेश सरकारबाट हाम्रो नगर पालिकामा हुने हरेक निर्माणका कामहरु उपलब्धी मुलक बनाउन र आठबिस निर्माण व्यवसायी संघ लाग्ने अध्यक्ष सिजापतीले जानकारी दिए ।