☰ open Loading... 22 January 2025|  

विपद व्यवस्थापन सम्बन्धि सरोकारवालाहरु संग छलफल
पश्चिम नेपाल   | ४ पुष २०८१, बिहीबार १७:३२

 

दैलेख –नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेखले विपद व्यवस्थापन सम्बन्धि सरोकारवालाहरु संग छलफल गरेको छ ।विपदलाई सहि ढंगले व्यवस्थापन  बारेमा छलफल गरेको हो ।
कार्यक्रममा नेपाल रेडक्रसले जिल्ला शाखा दैलेख पछिल्लो समयमा जिल्लामा गरेका गतिबिधी गतिविधिको बारेमा जानकारी गराएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेखका कार्यालय प्रमुख यामराज खड्काले बताए । उनले सामुदायिक स्वास्थ्य लागि एकीकृत पहल परियोजनाले भगवतीमाई गाँउपालिका खानेपानी, स्वास्थ्या, शिक्षा, बिपदको क्षेत्रमा गरेका कामको जानकारी गराएको समेत बताए ।

यस्तै रेडक्रसले जिल्लामा बिगद देखि बिपदका क्षेत्रमा थुप्रै काम गरेको केन्द्रीय सदस्य भेषबहादुर थापाले बताए ।उनले संस्थालाइ अगाडि बढाउन जिल्लामा सबैले सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोईराला रेडक्रसले पलान अनुसार काम गर्नुपर्ने बताए । उनले रेडक्रसले जिल्लामा कर्णाली प्रपछिल्लो समयमा थुप्पै काम गरेकाले सबै पालिकाले सहयोग गर्नुपर्ने बताए ।

विपद व्यवस्थापनको लागी सबै नियकायको समन्वय आवस्यक रहेको नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्मालले बताए । विपद न्युनिकरणका लागी नाराय नगरपालिकाले गरिरहेको तयारीको बारेमा जानकारी गराउदैं पछिल्लो समयमा नेपाल रेडक्रस सोसाइटीले राम्रो काम गरेको बताए । उनले अन्य पालिकाहरु संग पनि समन्वय गरेर जोखिम नियन्त्रणमा लाग्नु पर्ने बताए ।

यस्तै कर्णाली प्रदेशका सांसद पूर्ण बहादुर खत्रीले सबै समन्वय गरेर काम गर्नुपर्ने बताए । उनले तिनै तहका सरकारमा समन्वयको कमि भएको बताए । उनले रान्यले जनताको समस्या बुझेर काम गर्नुपर्ने बताए । उनले राज्यले पहुँचको अधानरमा भन्दा पनि बास्तबिकता जनताको समस्याको बझेर काम गर्नुपर्ने बताए । उनले रेडक्रसले कामका बारेमा स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताए ।

यस्तै नेपाल रेडक्रस सोसाइटीका सभापति निरजन कुमार खत्रीले पछिल्लो समयमा सेवा प्रवाहमा थुप्रै काम गरेको बताए ।उनले स्थानीयले सरकारले रेडक्रसलाई अगाडि बढाउन सहयोग गरेको आउदा दिनमा पनि यस्तै सहयोगको आवश्यक रहेको बताए । उनले जिल्लामा काम गर्न चुनौती समेत भएको बताए ।