☰ open Loading... 5 February 2025|  

टिकटक बनाउने क्रममा चिप्लिएर दुई जनाको मृत्यु
पश्चिम नेपाल   | ७ पुष २०८१, आईतवार ०७:१०

खोला किनारामा टिकटक बनाउने क्रममा दुई जनाको मृत्यु भएको छ। शनिबार दिउँसो मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको मृत्यु भएको हो।

विद्यालयका सहायक प्रधानाध्यापक कमल सापकोटाका अनुसार उनीहरू शनिबार बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए। खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर लडेका उनीहरू खोलामा बगेका थिए।

शनिबार अपराह्न खोलामा बगेका उनीहरूको शव साँझ भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चिनिमाया तामाङले जानकारी दिए। शव मृतकका परिवारलाई आइतबार मात्र हस्तान्तरण गरिने उनले बताए।