सुर्खेतमा शनिबारदेखि चार दिनेदेखि फुड फेस्टिभल सुरु हुने भएको छ । सुर्खेतस्थित शुभ होटलले शनिबारदेखि पुस १६ गतेसम्म फुड फेस्टिभल गर्ने शुक्रबार जानकारी दिएको हो ।
शुभ होटल प्रा.लिका अनुसार अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गरिएको फुड फेस्टिभलमा नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ । फेस्टिभलमा स्थानीय रैथानेबालीका विभिन्न परिकार प्रदर्शनी गरिनेछ ।
स्थानीय रैथाने बाली प्रवर्द्धन गराउने उद्देश्यले आयोजना गरिएको फेस्टिभलमा ४८ वटा स्टल रहने होटल संचालक तथा कर्णाली प्रदेश उद्योग वाणिाज्य संघ अध्यक्ष पदमबहादुर शाहीले बताए । उनका अनुसार कर्णालीका कृषकका विभिन्न उत्पादन प्रदर्शनीमा राखिने छन् । जसमा साना किसान तथा व्यवसायीका लागि १५ वटा स्टलको व्यवस्थापन गरिएको छ । हुड्केलगायत परम्परागत सांस्कृतिक प्रस्तुति समेत रहेको उनले बताए ।
उद्योग व्यवसायी र कृषकको हितका लागि कर्णालीको उद्योग, पर्यटन मन्त्रालय र कृषि मन्त्रालयमा मन्त्री र सचिवसहितको टोलीसँग अन्तक्रिया कार्यक्रम पनि गरिने उनले बताए ।